तनावमुक्त रहन यसो गरौँ



दैनिक १० मिनेट गीत गाउने हो भने तनावबाट मुक्त हुन सकिन्छ । गायनले शारीरिक सुन्दरता बढ्नुका साथै दीर्घजीवनमा समेत फाइदा पु¥याउँछ ।

 

दिनभर भएका सबै नराम्रा घटना सुत्नु अघिसम्म बिर्सिसक्नुहोस् । शान्त दिमागसहित निदाउनुहोस् । त्यस्तै, विगतमा भएमा दुःखद घटना सम्झेर नपछुताउनुहोस् ।

 

बिहान उठ्दा आफूलाई सकुसल पाउँदा खुसी हुनुहोस् । जसले तपाईंलाई ऊर्जा प्रदान गर्छ ।

 

आफूले आफैँलाई माया र सम्मान गर्नुहोस् । यसले तपाईंको मनोबल बढाउँछ र सफल व्यक्तित्व बन्नुहुन्छ ।

 

सुत्ने–उठ्नेदेखि आफ्ना हरेक दैनिक क्रियाकलापलाई तालिकाबद्ध गर्नुहोस् । हरेक क्षण रमाउन सिक्नुहोस् । नयाँ कुरा जान्ने इच्छा जगाउनुहोस् ।

 

परिवारसँग नियमित सम्पर्कमा रहनुहोस् । जुनसुकै विषयमा पनि चाहिनेभन्दा बढी केन्द्रित नहुनुहोस् ।

 

आफ्नो जिन्दगी अरूसँग तुलना नगर्नुहोस् । किनकि, कसैको जिन्दगीका सबै कुरा तपाईंलाई मात्र नभएर कसैलाई थाहा हुँदैन ।

 

अर्कालाई घृणा गरेर समय बर्बाद नगर्नुहोस् । बरू खाली समय भए पुस्तक पढ्नुहोस् ।

 

सधैँ मुस्कुराउने कोसिस गर्नुहोस् । कम्तीमा दैनिक तीनजनालाई हँसाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस्