ठूलो मात्रामा लागूऔषधसहित तीनजना पक्राउ 



वीरगंज : पर्सा प्रहरीले ठूलो मात्रामा लागुऔषधसहित तीन युवालाई सोमबार सार्वजनिक गरेको छ ।

 

जिल्ला प्रहरी कार्यालय पर्सामा आयोजित पत्रकार सम्मेलनमा वीरगन्ज महानगरपालिका २४ का २० बर्से उदय साह तेली भन्ने ओम साह तेली, वर्षका १८ का ज्याउल अन्सारी र मकवानपुर हेटौंडा उमहानगरपालिका ४ का ४२ बर्से विजय परियारबाट प्रहरीले प्रतिबन्धित लागुऔषध फेला पारेको हो ।

 

तेली र अन्सारीको साथबाट प्रहरीले इन्जेक्सन डाइजेल्याब ५ सय पिस, नुर्फिन ५ सय पिस, फेनारगन ५ सय पिस गरी १५ सय पिस लागुऔषध बरामद भएको पत्रकार सम्मेलनमा डीएसपी मानबहादुर राईले बताए ।

 

भारतीय सीमावर्ती सहर रक्सौलबाट लागुऔषध खरिद गरी ना५४प ९३८६ नम्बरको मोटरसाइकलमा उनीहरू वीरगन्ज आइरहेका बेला इलाका प्रहरी कार्यालय नगवाको फन्दामा परेका हुन् । इलाका प्रहरी कार्यालय नगवाका सइ प्रदीप चौधरीको नेतृत्वमा रहेको टोलीले उनीहरूलाई समातेको हो ।

 

त्यसैगरी रक्सौलबाट लागुऔषध खरिद गरी वीरगन्ज प्रवेश गर्दैगर्दा विजय परिवारलाई ३ सय नाइट्रोभेट ट्याबलेटसहित रजतजयन्ती चोकबाट पक्राउ गरिएकोसमेत डीएसपी राईले जानकारी दिए । पक्राउ परेका तीनै जनालाई जिल्ला अदालत पर्साबाट लागुऔषध मुद्दामा म्याद थपी अनुसन्धान अघि बढाइएको उपरीक्षक राईले बताए ।

प्रतिक्रिया दिनुहोस्