काठमाडौं: आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको छ । सोमबार ५७ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज बढेर ५८ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुन प्रतितोला ५८ हजारमा कारोबार भइरहेको छ । यसैगरी चाँदी प्रतितोला ७ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।