कसरी हुन्छ पायल्स ? यसबाट कसरी बच्ने ?



काठमाडौं: मेडिकल भाषामा पायल्सलाई हेमराइट्स भन्ने गरिन्छ । यस्तो समस्या भएमा मलद्वारको भित्री र बाहिरी भाग र मलाशयको तल्लो भागका शिराहरु सुन्निने गर्छ।

 

विशेषगरी, यो समस्या मानिसको जीवनशैलीसँग जोडिएको हुन्छ । मलद्वार सम्बन्धी प्रायः रोगलाई पायल्सको रुपमा लिने गरिन्छ ।

 

कसरी हुन्छ पायल्स ? पायल्स हुनुको मुख्य कारण कब्जियत हो । त्यसैले यसबाट बच्न भरपुर मात्रामा हरियो रेसादार सागपात र तरकारी खानुपर्छ ।

 

सिजनअनुसारका फलफूल खानुका साथै प्रशस्त मात्रामा पानी पिउनुपर्छ । जहिले पनि खुकुलो अन्डरवेयर लगाउने गर्नुपर्छ । दिसा आवस्, वा नआओस् कुनै निश्चित समयमा ट्वाईलेट जाने बानी बसाल्नुपर्छ । नयाँ पत्रिकावाट

प्रतिक्रिया दिनुहोस्