काठमाडौंको रानीबारीमा बालिका बलात्कृत



काठमाडौं: काठमाडौंको रानीबारीमा १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । आज  बिहान २ बजे काठमाडौं ३, रानीबारीमा डेरा गरी बस्ने मकवानपुर हेटौंडाकी बालिका बलात्कृत भएकी हुन् ।

 

बलात्कार आरोपमा रौतहटको राजदेवी ८ का १७ वर्षीय धर्मेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको छ । अभिभावक नभएको मौका पारी बालिकाको कोठामा गएर यादवले जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

 

यादवलाई स्वास्थ्य परीक्षणका लागि वीर अस्पताल तथा पीडित बालिकालाई थापाथलीस्थित प्रसूति गृहमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्