नेपाली भूमिमै सडक निर्माण गर्न दिएन भारतले



महेन्द्रनगर : कञ्‍चनपुरको पश्चिम नाका गड्डाचौकी क्षेत्रमा नेपालले आफ्नो भूमिमा सडक निर्माणको काम गर्न लागेपछि भारतीय पक्षले अवरोध गरेको छ। मंगलबार बिहान भीमदत नगरपालिका वडा नं १० ले आफ्नो क्षेत्रमा सडक निर्माणको काम गर्न थालेपछि भारतीय पक्षले अवरोध गरेको हो।

 

भारतीयले दशगजामा बाटो बनाउन लागेको भन्दै अवरोध खडा गरेको हो। तर स्थानीयले भने आफ्नो लालपुर्जाको जमिन छोडेर बनाउन लागेको बाटोमा भारतीय पक्षले अवरोध गरेको भन्दै आपत्ती जनाएका छन्। 

 

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले नेपाली भूमिमै स्थानीय तहले बाटो निर्माण गर्न लागेकोमा भारतीय पक्षले अवरोध गर्न नमिल्ने भनी भारतीय पक्षसँग बुझ्ने बताए। 

 

दशगजा क्षेत्रमा दुबै देशले विकास निर्माणका काम गर्न नहुने मापदण्ड बनाइएको भएपनि सडक निर्माण गर्न लागेको नेपाल भूमिभित्र अवरोध गर्न नमिल्ने बताए।भारतीय पक्षले दादागिरी शैलीमा अवरोध गरेको भन्दै स्थानीय आक्रोशित बनेका छन्।

 

प्रतिक्रिया दिनुहोस्