जब हलिउड अभिनेता मोर्गन फ्रीम्यान दौरा लगाएर काठमाडौंमा देखिए



काठमाडौं : हलिउडका पाका अभिनेता मोर्गल फ्रीम्यान काठमाडौंका सडकमा दौरा लगाएर निस्केका छन् ।  नेपालको परम्परागत परिधानमा सजिएका फ्रीम्यानको तस्वीर नेपालस्थित अमेरिकी दूतावासले आफ्नो ट्विटर अकाउन्टबाट सार्वजनिक गरेको छ । 

Some ask why do cultural preservation efforts matter?

1 of the answers is preserving them for future generations, as well as tourists & visitors like Hollywood legend Morgan Freeman!

He even looks good in Daura Suruwal while touring cultural places in #Kathmandu, don’t you think? pic.twitter.com/qaL3hyo3v3

— U.S. Embassy Nepal (@USEmbassyNepal) December 4, 2018

दूतावासले ट्वीट गरेको छ, ‘सांस्कृतिक संरक्षणका प्रयासहरूको महत्त्व किन छ भनी केही मानिस सोध्छन् । त्यसको एउटा उत्तर भनेको संरक्षण भविष्यको पुस्ताका साथसाथै पर्यटक र भ्रमणकर्ताका लागि हो । जस्तो, हलिउडका लेजेन्ड मोर्गन फ्रीम्यान । उनी काठमाडौंमा रहेका सांस्कृतिक स्थानको भ्रमण गर्दा दौरा सुरुवाल लगाएर समेत गजब देखिन्छन् जस्तो तपाईंलाई लाग्दैन ?’

 

 

फ्रीम्यान टेलिभिजन सिरीज शृंखला द स्टोरी अफ गडको शूटिङका लागि काठमाडौं आएका हुन् । शृंखलामा उनले विभिन्न देशका भ्रमण गरेर त्यहाँका धर्मका बारेमा जानकारी बटुल्नेछन् । हिन्दू धर्म र संस्कृतिको बारेमा जानकारी प्राप्त गर्न उनी काठमाडौं आएका हुन् ।  

प्रतिक्रिया दिनुहोस्