टीकापुर घटना राजनीतिक मुद्दा नबनाइए अान्दाेलन चर्काउने थाकसकाे चेतावनी



कैलाली : थारु कल्याणकारिणी सभा  (थाकस) कैलालीले मंगलबार धनगढीमा पत्रकार सम्मेलन गरी टीकापुर घटनालार्इ राजनतिक मुद्दा नबनाएकाे भन्दै आन्दोलनका कार्यक्रम घाेषणा गरेको छ  । थाकसले आन्दोलनका विभिन्न कार्यक्रमसहित मंसिर २३ गते सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट मार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, २४ गते टीकापुरमा बृहत् अन्तक्रिया गर्ने र जिल्लाको सबै स्थानीय तहमा कार्यक्रम गर्ने जनाएको छ ।

 

पत्रकार सम्मेलनमा थाकस कैलालीका कार्यवाहक सभापति माधव चौधरीले राज्यले टीकापुर घटनालाई आपराधिक मुद्दा नभई राजनीतिक मुद्दाको रुपमा लिनुपर्ने बताए । राजनीतिक अधिकार प्राप्तिको आन्दोलनको क्रममा घटना घटेको भन्दै उनले राजनीतिक रुपमै सम्बोधन गर्नुपर्ने माग गरे ।

 

अदालती प्रक्रिया भन्दै सरकारले २७ जना निर्दोष थारुहरूलाई ४० महिनादेखि पुर्पक्षको लागि भन्दै कारागारमा थुनेर अन्याय गरिरहेकाले क्षतिपूर्तिसहित तत्काल रिहाइ गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्