श्रीमान् छुटाइदिन्छु भन्दै बलात्कार र पैसा असुली गर्ने राजपा नेता पक्राउ



सप्तरी : कारागारबाट छुटाउन पहल गर्छु भन्दै बलात्कार गर्ने राजपा नेतालाई प्रहरीले पक्रेको छ । उनले एक बन्दीकी श्रीमतीसँग लाखौँ रुपैयाँ लिएर श्रीमान् छुटाइदिन्छु भनी बलात्कार गर्दै आएका बुझिएको छ । सप्तरी छिन्नमस्ता गाउँपालिका ५ निवासी मनोजकुमार मेहता राष्ट्रिय जनता पार्टी जिल्ला कोषाध्यक्ष हुन् । 

 

जिल्ला प्रहरी कार्यालयका डीएसपी भावेश रिमालका अनुसार आइतबार पक्राउ परेका मेहताविरुद्ध बलात्कार तथा ठगी दुवै मुद्दा दर्ता गरी कारवाही अगाडि बढाइएको छ । 

 

उक्त पार्टीका सदस्य सुनीलकुमार झाले पार्टीका साथीले जानकारी गराएपछि आफूले थाहा पाएको बताए । राजविराज कारागारमा पुर्पक्षका लागि थुनामा रहेका पीडितका श्रीमानलाई छुटाइदिने आश्वासन दिलाई मेहताले पटकपटक गरी साढे १० लाख ठगी गर्नुका साथै बलात्कार पनि गरेको पीडितको जाहेरीमा उल्लेख छ । रासस 

प्रतिक्रिया दिनुहोस्