बल्खुस्थित त्रिवि व्यवस्थापन डिन र जनप्रशासन विभागमा तालाबन्दी



काठमाडौं : स्वतन्त्र विद्यार्थी युनियनले बल्खुस्थित जनप्रकाशन केन्द्रीय विभाग र व्यवस्थापन संकाय डिनको कार्यालयमा तालाबन्दी गरेको छ । एमफिलको प्रवेश परीक्षामा अनुत्तीर्ण विद्यार्थीलाई त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा. डिल्लीराज शर्माको दबाबमा परी उत्तिर्ण गराएको आरोप लगाउदै सो संगठनले तालाबन्दी गरेको हो । 

 

राजनीतिक दबाबमा परी लिखित परिक्षामा पास भएका विद्यार्थीको नाम हटाई फेल भएका विद्यार्थीलाई उत्तिर्ण गराएपछि तालाबन्दी गर्न बाध्य भएको जनप्रकाशन क्याम्पस स्ववियू सभापति पंकज सुवेदीले जानकारी दिए ।

 

त्रिवि जनप्रशासन केन्द्रीय विभागले यही मंसिर ११ गते निकालेको प्रवेश परीक्षाफलमा रोल नम्बर ५५ का उमेशभक्त जोशीको नाम समावेश थिएन । तर, राजनीतिक दबाबपछि डिनको संलग्नतामा लिखितमा फेल भएका जोशीलाई पास भएकालाई हटाई समावेश गरेको  पाइएको सुवेदीले बताए ।

 

लिखितमा अनुत्तिर्ण विद्यार्थीको नाम नहटाएसम्म तालाबन्दी जारी रहने उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्