निर्मलाका लागि न्याय माग्दै रौतहटमा पनि विद्यार्थीको प्रदर्शन



रौतहट : बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्यारालाई कारवाहीको माग रौतहटका विद्यार्थीहरूले मंगलबार रौतहटमा प्रदर्शन गरेका छन् । 

 

घटनाको चार महिना बितिसक्दा पनि हत्यारा पत्ता लगाउन नसकेको भन्दै जिल्लाको जनज्योति बहुमुखी क्याम्पस र उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् ।

 

विद्यार्थीहरूले निर्मलालाई न्याय दे भन्दै नाराबाजीसहित चन्द्रनिगाहपुर बजार परिक्रमा गरेका थिए । उनीहरुले ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएका स्टिकर र पोस्टरसहित बजार परिक्रममा गरी चोकचोकमा उक्त पोस्टर टाँसेका छन् । सरकारले हत्यारा पत्ता नललाएसम्म विरोध कार्यक्रम जारी राख्ने बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्