जनकपुरधाम : जनकपुरमा बेबारिसे अवस्थामा झाडीमा फालिएकाे एक शिशुकाे उद्धार गरिएकाे छ । जनकपुर उपमहानगरपालिका-७ मा जिउँदै बेबारिसे अवस्थामा झाडीमा फालिएकाे शिशु (छाेरी) लार्इ स्थानीयले उद्धार गरेका हुन् ।
मंगलबार दिउँसाे दुर्इ बजे स्थानीयले झाडीमा फालिएको बेबारिसे अवस्थामा देखेपछि वडा ७ का अध्यक्ष जानकिराम साहलाई खबर गरेका थिए । छोरी जन्मे कै कारण फालिएको हुन सक्ने स्थानीयहरुको अनुमान छ ।
बालिकाको मुखभरि किरा परेको र नाइटोमा प्लास्टिक क्लिप समेत लागेको कारण दुर्इ दिन अगानी नै फालिएकाे हुन सक्ने वडा अध्यक्ष जानकिराम साहले द नेपाल टपलाई जानकारी दिए ।
शिशुकाे स्वास्थ्य अवस्था चेकजाँचको लागि प्रहरीको सहयतामा जनकपुर अञ्चल अस्पताल लगिएको वडा अध्यक्ष साहले बताए ।
बच्चा कसले फालेको यकिन हुन सकेको छैन । बच्चा फालिएको हल्ला फैलिएपछि स्थानीयकाे भीड लागेको थियो ।