युएर्इ सरकारले अवैध कामदारलाई वैध बन्न एक महिनाकाे समय थप्याे



काठमाडौं : गैरकानुनी रुपमा बसेर काम गरिरहेका आप्रवासी कामदारलाई आममाफी दिने प्रक्रिया युएर्इ सरकारले एक महिना थप गरेको छ। अाफ्ना देशमा रहेका कूटनीतिक नियोगमार्फत डिसेम्बर २ देखि लागू हुनेगरी यूएईले एक महिनाको आममाफीको म्याद थप गरेको जानकारी गराएकाे हाे ।

 

गएको अगस्ट १ बाट सुरु भएको आममाफी प्रक्रिया डिसेम्बर १ मा सकिएको हो। आममाफीका लागि अगाडि नै प्रक्रिया सुरु गरेकाहरु पनि पुनः यसमा सहभागी हुन सक्ने विज्ञप्तिमा उल्लेख गरिएको छ। युएईको राष्ट्रिय दिवसको अवसरमा आममाफीको प्रक्रिया थपिएको हो। 

 

आममाफीमा गैरकानुनी रुपमा बसोबास गरिरहेका नेपालीसहित अन्य देशका नागरिकलाई वैधानिक बन्न अथवा आवश्यक कानुनी पूरा गरी आफ्नो देश फर्किने अवसर दिइनेछ। यो अवधिमा युएईमा रहेको नेपाली दूतावाससहित विभिन्न देशका दूतावास तथा कन्सुलेटहरुले घुम्ती सेवा दिनेछ। 

प्रतिक्रिया दिनुहोस्