
कैलाली : बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका लागि न्याय माग्दै कञ्चनपुरका महिलाहरुले आँखामा कालोपट्टीसहित सडकमा सुतेर प्रदर्शन गरेका छन् ।
निर्मला हत्या प्रकरण छानबिनमा सरकारले गम्भीरता नदेखाएको भन्दै बिरोधस्वरुप सडकमा सुतेर अधिकारकर्मी र स्थानीय महिलाले प्रदर्शन गरेका हुन् ।
यसअघि मंगलबार नै जिल्ला प्रशासन कार्यालय अगाडी उनीहरूले धर्ना समेत दिएका थिए । उनीहरूले आफ्नो शरीरमा निर्मलाको तस्बिरसहित ‘सरकार भेटियो न्याय भेटिएन’ लेखिएको स्टिकर पनि टाँसेका थिए ।
निर्मलाको हत्या भएको चार महिना पुग्दा समेत प्रहरीले हत्यारा सार्वजनिक नगरेको भन्दै कञ्चनपुर सहित देशभर विरोध प्रदर्शन भइरहेको छ । निर्मलालाई न्याय दिन नसकेको भन्दै पछिल्लो समय सरकारप्रति सर्वसाधारणको आक्रोश बढेको छ ।