जिपको ठक्करबाट पैदल यात्रुको मृत्यु



तनहुँ : जिपको ठक्करबाट मंगलबार एक पैदल यात्रुको मृत्यु भएको छ।  पृथ्वी राजमार्गको छेउमा हिँडिरहेका तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पाका ७५ वर्षीय सोमनाथ घिमिरेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

 

जिपको ठक्करबाट घाइते भएका घिमिरेको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए।

 

पृथ्वी राजमार्गअन्तर्गत आँबुखैरेनीबाट दमौलीतर्फ आउँदै गरेको बा७च ९१७४ नम्बरको बोलेरो जिपले ठक्कर दिएर घिमिरेलाई गम्भीर घाइते बनाएको शाहले बताए। घिमिरेको शवको पोष्टमार्टमका लागि दमौली अस्पतालमा रहेको र जीप र चालक जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्