विराटनगर : स्थान अभावका कारण विराटनगरको रानीस्थित पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र स्थानान्तरण हुने भएको छ । हाल रानीमा प्रदेश नम्बर एक प्रहरी कार्यालय, तालिम केन्द्र र प्रदेश १ सशस्त्र प्रहरी गण गरी सुरक्षा निकायका तीन कार्यालय छन् ।
प्रदेश १ का प्रहरी प्रमुख डीआईजी केदार रिजालले सुरक्षा निकायका तीन कार्यालय एकैस्थानमा हुँदा काम कार्वाहीका लागि असहज भएको बताए । तालिमका क्रममा फायरिङ लगायत विभिन्न कार्य गराउन असहज हुँदै गएको उनको भनाइ छ ।
सोही कारण प्रहरी तालिम केन्द्र अर्को स्थानमा सार्ने प्रयास भइरहेको उनको भनाइ छ ।
डीआइजी रिजालका अनुसार तालिम केन्द्रका लागि मोरङकै सुन्दरहरैंचा नगरपालिकास्थित गोठगाउँको सम्भाव्यता अध्ययन भइरहेको छ ।