
विराटनगर : प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले दैनिक चार घण्टा टिपर सञ्चालनमा रोक लगाएको छ । बिहान र बेलुका दुई÷दुई घण्टा टिपर चलाउन रोक लगाइएको प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी रविकुमार पौडेलले बताए ।
बिहान ९ बजेदेखि ११ बजेसम्म र दिउँसो ३ बजेदेखि ५ बजेसम्म मुख्य राजमार्ग र सहायक मार्गमा टिपर चलाउन रोक लगाएको हो । टिपरका कारण अत्यधिक दुर्घटना बढेपछि कडाइ गरिएको पौडेलको भनाइ छ ।
रोक लगाएको समयमा कुनै पनि टिपर सञ्चालन गरेको पाइमा कारबाही गरिने पौडेलले बताए ।