शीर्ष भनाउँदा नेता नै संसद् बैठकप्रति अनुदार



काठमाडाै‌ं : एक सय ३५ दिन चलेको संघीय संसद्को दोस्रो अधिवेशन बिहीबार अन्त्य भएको छ । शीर्ष भनिएका दलका नेताहरु नै प्रायः संसद्काे बैठकमा उपस्थित थिएनन् । 

 

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डदेखि कांग्रेस सभापति शेरबहादुर देउवासहित ३३ सांसद लगातार १० पटकभन्दा बढी बैठकमा अनुपस्थित रहे । कांग्रेस सभापति देउवा एकपटक लगातार १७ बैठकमा अनुपस्थित रहे भने अर्कोपटक लगातार १५ बैठकमा उपस्थित भएनन् ।

 

त्यस्तै, नेकपा अध्यक्ष प्रचण्ड लगातार २१ बैठकमा अनुपस्थित रहे । देउवा १५ जेठदेखि लगातार १५ बैठकमा अनुपस्थित रहे भने अर्कोपटक १२ असारदेखि लगातार १७ बैठकमा अनुपस्थित रहे । प्रचण्ड भने ३ असारदेखि लगातार २१ बैठकमा अनुपस्थित रहे ।

 

सबैभन्दा बढी पद्मनारायण चौधरी २२ बैठकमा लगातार अनुपस्थित रहे । त्यसबाहेक सांसदहरू शशांक कोइराला, प्रमोद शाह, उमाकान्त चौधरी, अमनलाल मोदी, उमा रेग्मी, जिपछिरिङ लामा, सरिता गिरी, नगेन्द्रकुमार रिजाल, सूर्यनारायण यादव, अनिलकुमार झा, अभिषेकप्रताप साह, उमेश श्रेष्ठ, किशोरसिंह राठौर, गोपालबहादुर बम, देवेन्द्रराज कडोल, नागेन्द्र कुमार, निर्जला राउत, विनोद चौधरी, रामबाबुकुमार यादव, रोही नाज, शरत्सिंह भण्डारी, शिवकुमार मण्डल, सीताराम महतो, सीतादेवी यादव, सुरेन्द्र कार्कीं, सुरेशचन्द्र दास, सत्या पहाडी, दुलारीदेवी खत्वेनी र विमला विक लगातार १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित रहे ।

प्रतिक्रिया दिनुहोस्