इंग्लिस प्रिमियर लीग: कसको नतिजा के ?



काठमाडौं : इंग्लिस प्रिमियर लीगमा शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले आफ्नो अपराजित यात्रा १५ खेल सम्म कायम राखेको छ । प्रिमियर लिग अन्तर्गत मंगलबार राति भएको खेलमा शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले वाटफोर्डलाई २–१ ले पराजित गरेको हो । 

साविक विजेता सिटीले जारी सिजनमा पनि उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । सिटीले १५ खेलको समाप्तीमा १३ खेलमा जित निकाल्दा २ खेलमा बराबरी गरेको छ । 

सिटीलाई लिभरपुलले पछ्याइरहेको छ । लिभरपुलपनि लिगमा अपराजित रहेको छ । उसले एक खेल बढीमा बराबरी खेलेको छ। एक खेल कम खेलेको लिभरपुलको २६ अंक हुँदा सिटीको ४१ अंक रहेको छ ।

त्यस्तै, मंगलबार राति नै भएका अन्य खेलमा वेष्टहृयामले कार्डिफ सिटीलाई ३–१ पराजित गरेको छ भने ब्रिगटोनले पनि क्रिस्टल प्यालेसलाई ३–१ गोलअन्तरले नै पराजित गरेको छ । त्यस्तै, अर्को खेलमा बोर्नेमाउथले हडर्सफिल्डलाई २–१ गोलअन्तरले पराजित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्