प्रदर्शन हिंसात्मक बन्दै गएपछि इन्धनको मूल्य वृद्धि फिर्ता



काठमाडौं : फ्रान्स सरकारले इन्धनको मूल्य वृद्धिको निर्णय फिर्ता लिएको छ । मूल्य वृद्धिविरुद्ध फ्रान्सका हजारौं नागरिकले गरेको विरोध प्रदर्शन हिंसात्मक बन्दै गएपछि सरकार पछि हटेको हो । 

बीबीसीका अनुसार मूल्य वृद्धिको निर्णय ६ महिनाका लागि स्थगित गरिएको हो । प्रधानमन्त्री एडोर्ड फिलिपले टेलिभिजन सम्बोधन गर्दै मूल्य वृद्धिको निर्णय तत्काल लागू नहुने घोषणा गरेका हुन् ।

फ्रान्समा डिजेलको मूल्य एक वर्षभित्रै २३ प्रतिशत वृद्धि गरिएको थियो । यसबाट कार चढ्ने हजारौं नागरिक मर्कामा परेको भन्दै स्वतःस्फूर्तरुपमा फ्रान्सका जनता सडकमा उत्रिएका थिए ।

आक्रोशित समूहले ऐतिहासिक स्मारकमा तोडफोड, गाडीमा आगजनी तथा सुरक्षाकर्मीहरुमाथि नै आक्रमणसमेत गरेका थिए । प्रहरीको जवाफी कारवाहीमा एक महिलाको मृत्युसमेत भएको थियो भने सयौं घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्