नेपालगन्जमा छाडा चाैपाया राख्न कान्जी हाउस निर्माण गरिने



नेपालगन्ज : नेपालगन्जमा छाडा चौपायाको समस्या बढ्दै गएपछि नेपालगञ्ज उपमहानगरपालिकाले ‘काञ्जी हाउस’ (पशु थुनुवा घर) निर्माणमा चासो देखाएको छ।

 

नेपालगन्ज उपमहानगरपालिका–२१ मा रहेको ४ बिघा १२ कठ्ठा ६ धुर जग्गामा उक्त भवन निर्माण गर्न उपमहानगरपालिकाले पहल सुरु गरेको कार्यवाहक नगर प्रमुख उमा थापा मगरले जानकारी दिइन् ।  

 

उक्त भवन निर्माण निर्माणका लागि छुट्याइएको जग्गा तारबार गर्दा केही स्थानीयबासीले अवरोध गर्न खोजेपछि विवाद समाधान गर्न स्थलगत अवलोकन गरिएको जानकारी दिँदै निर्माण प्रक्रियालाई तदारुकताका साथ अघि बढाउन उपमहानगरपालिका अग्रसर भएको उनले बताए।

 

छाडा चौपायालाई व्यवस्थित गर्न यस्तो स्थल आवश्यक भएकाले निर्माण कार्य अघि बढाउन लागिएको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत तोयनारायण सुवेदीले बताए।

उनले उपमहानगरपालिकाको जग्गा भित्र निर्माणमा कसैले अवरोध गर्न खोजे त्यस्ता व्यक्तिलाई कानुनी कारबाही प्रक्रियामा ल्याइने उल्लेख गरे।

नेपालगञ्जका छाडा चौपायालाई विगतमा बाँके राष्ट्रिय निकुञ्जमा छोड्ने गरिएकामा निकुञ्जले अबरोध पुर्‍याएपछि उपमहानगरपालिका उक्त भवन निर्माणमा लागेको हो।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमका नाममा व्यापक अनियमितता, भ्रष्टाचार र किर्ते गर्ने काम भएको

काठमाडौं– सांसदहरुले कोरोना भाइरसको विषयमा तथ्यगत जानकारी भन्दा भ्रमहरु बढी फैलिएकाले जनतामा आतंक सिर्जना भएको

काठमाडौं : सार्वजनिक पदमा बहाल रहेका व्यक्तिले सम्पत्ति विवरण सार्वजनिक नगर्ने क्रम बढेपछि अख्तियारले कडा

धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण बन्द भएको छ । संघीय सरकार

काठमाडौं– नेपाल–चीन सीमा प्रश्नमा सरकारले हतारो टिप्पणी गरेको नेपाली कांग्रेसले जनाएको छ। स्थलगत अध्ययनको धारणा

स्याङ्जा : स्याङ्जाको दुई ठाउँमा गएको पहिरोमा परी ज्यान गुमाउनेको संख्या १० पुगेको छ ।

काठमाडौं : नेपाल–चीनबीचको सिमानामा राखेको ११ नम्बरको सीमास्तरम्भ ५८ वर्षपछि फेला परेको छ । ५८

वीरगञ्ज : डा. गोविन्द केसीमाथि अभद्र व्यवहार गरेको भन्दै वीरगञ्जका चिकित्सकहरुले विरोध गरेका छन् ।

सप्तरी : कोरोना संक्रमणबाट सप्तरीमा एक जना सरकारी कर्मचारीको मृत्यु भएको छ । जिल्ला प्रशासन

स्याङ्जा : लगातारको वर्षासँगै गएको पहिरोमा परि स्याङ्जामा २ जनाको मृत्यु भएको छ भने ८

चितवन : लगातारको वर्षाको कारण नारायणी नदीमा बाढी आएको छ भने चितवनको जनजीवन प्रभावित भएको

बुटवल : कोरोना संक्रमणबाट बुटवलमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना