चौध महिनापछि कार्यकर्ता समायोजन प्रक्रिया सुरु



दाङ : तत्कालीन फोरम लोकतान्त्रिक र नेपाली कांग्रेसबीच पार्टी एकता भएको चौध महिनापछि बल्ल कार्यकर्ता समायोजनको प्रक्रिया थालनी भएको छ । तत्कालीन फोरम लोकतान्त्रिक समूहले आफूइतरका नेता तथा कार्यकर्ताको विवरण संकलन गरी समायोजनका लागि पार्टीलाई बुझाउने तयारी थालेको छ । 

यसका लागि तत्कालीन फोरम लोकतान्त्रिकका नेता योगेन्द्र चौधरीले पश्चिम नेपालका आफ्ना नेता तथा कार्यकर्ताको विवरण संकलन गरेर फर्किएका छन् ।

‘पार्टी एकता भएको लामो समयसम्म पनि तत्कालीन फोरम लोकतान्त्रिकबाट आएका साथीहरूको पार्टीमा समायोजन हुन सकेन,’ उनले भने, ‘अब समायोजन प्रक्रिया अगाडि बढाउनुपर्छ भनेर विजय दाई (विजयकुमार गच्छेदार) ले भनेपछि म पश्चिम नेपालका जिल्लामा पुगेर विवरण संकलन गरेको छु ।’

कैलालीसम्म पुगेर कार्यकर्ताको विवरण संकलन गरेका चौधरीले कार्यकर्ताको तथ्यांक उपसभापति गच्छेदारलाई बुझाउने पनि बताए ।

२०७४ असोज २९ मा भएको पार्टी एकताका क्रममा भएको सम्झौताअनुरूप अहिले सम्म बिजयकुमार गच्छेदारको मनोनयनको एउटा मात्रै बुँदा कार्यान्वयन भएको चौधरीले वताए । गच्छेदारलाई पार्टी सभापति शेरबहादुर देउवाले केही समयअघि उपसभापतिमा मनोनयन गरेका थिए । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्