सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी नराख्न भन्दै सर्वोच्चमा रिट



कैलाली : सुदूरपश्चिम प्रदेशको राजधानीको विषयमा फेरि सर्वोच्च अदालतमा रिट दायर भएको छ । स्थायी राजधानी गोदावरी तोकेको भन्दै अधिवक्ता मनिषकुमार श्रेष्ठलगायत नौ जनाले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । 

रिटमा  अवैज्ञानिक र असंवैधानिक तरिकाले प्रदेशको राजधानी तोकिएको बताइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर दर्ता गरिएको रिटमा राजधानीको निर्णय कार्यान्वन नगराउन परमादेश माग गरिएको छ । 

गोदावरीमा राजधानी बनाउने प्रदेशसभाको निर्णयविरुद्ध यसअघि पनि सर्वोच्च अदालतमा रिट दायर भएको थियो । अधिवक्ता देवीकुमारी जोशीले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरिसकेको छ । 

गत असोज १२ गतेको प्रदेशसभा बैठकले नाम सुदूरपश्चिम र राजधानी गोदावरी पारित गरेको थियो । 

प्रदेश सभाले अस्थायि राजधानी टुङ्गो लगाएपछि साबिक सुदूर पश्चिमको सदरमुकाम डोटीको दिपायलमा  राजधानी राख्नुपर्ने माग गर्दै आन्दोलन भएको थियो । त्यस्तै प्रदेशको नामकरण र राजधानी गोदावरी सार्ने विषयलाई लिएर धनगढी बासिले पनि आहड्ताल लगायत विरोधका कार्यक्रम गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्