देशैभर चिसो बढ्यो, उच्च क्षेत्रमा हिमपातको संभावना



काठमाडौं : मंगलबार रातिदेखि देशैभर मौसम बदली भएको छ । पश्चिमी वायुको प्रभावका कारण काठमाडौं उपत्यकासहित देशैभरिको मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । 

मौसम बदलीका कारण बिहानैदेखि काठमाडौं उपत्यकामा घाम लागेको छैन भने जाडो बढेको छ । काठमाडौं उपत्यकामा बुधबार बिहानको तापक्रम ६ डिग्री सेल्सियस मापन गरियो । 

आज दिनभर नै मौसम खुल्ने संभावना नरहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् । 

‘अबको एक÷दुई दिन मौसम यस्तै रहन्छ,’ उनले भनिन्, ‘आज राति पूर्वी तथा पश्चिमी क्षेत्रका केही हिमाली भेगमा हिउँ पर्ने संभावना छ ।’

पूर्वी तथा पश्चिमी क्षेत्रका पहाडी भूभागमा हल्का पानी पर्ने भएपनि उपत्यकामा पानी पर्ने संभावना भने छैन । 

पश्चिम तराईमा केही दिनदेखि बिहानीपख हुस्सु लाग्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस्