पार्क सफा गर्न झाडु लिएर निस्किए मुख्यमन्त्री 



जनकपुरधाम : विवाह पञ्चमीकाे दिन तिलकोत्सव हुने स्थल राम पार्कमा बुधबार प्रदेश २ का मुख्य मन्त्रीकाे अगुवाइमा सरसफार्इ गरिएकाे छ ।  स्थानीय निजी विद्यालय र प्रहरीको साथमा मुख्य मन्त्री लालबाबु राउतले जनकपुरकाे राम चाेकमा रहेकाे राम पार्कको सरसफार्इ गरेका हुन् ।

 

सप्ताहव्यापी रामजानकी विवाह पञ्चमी कार्यक्रमलाई सभ्य र भव्य बनाउन राम मन्दिरको राम पार्कलाई बुधबार सरसफाई गरिएको मुख्य मन्त्री राउतले जनाए ।

 

विवाह पञ्चमीलाई लिएर अहिले जनकपुरमा हरेक दिन सरसफाईलाई प्राथमिकता दिइएकाे जनकपुर उपमहानगरपालिकाकी उपमेयर रीता झाको बताइन् ।

 

मंसिर २४ गते जानकी मन्दिरबाट बाजागाजासहित बेहुली पक्ष (जानकी मन्दिर) र वर पक्ष (राम मन्दिर) मा तिलकको लागि आउने परम्परा छ ।

प्रतिक्रिया दिनुहोस्