हतियारधारी समूहद्वारा २५ कामदारको हत्या



इण्डोनेसिया: इण्डोनेसियामा हतियारधारी समूहले २५ कामदारको हत्या  गरेको छ ।

 

पूर्वी प्रान्त पपुवामा गत सडक निर्माणमा खटिएका कामदारको हत्या भएको हो । आक्रमणको खबरपछि प्रहरी तथा सेना घटनास्थल पुगेका थिए । सोहि क्रममा हतियारधारी समूहले प्रहरी र सेनामाथि समेत आक्रमण गरेका थिए । सो क्रममा एक सेनाको पनि ज्यान गएको थियो ।

 

प्रहरीले आक्रमण तथा हत्याको आरोप विखण्डनवादी लडाकुहरुमाथि लगाएका छन् । ती विखण्डनवादी लडाकुहरुले दशकदेखि पपुवालाई अलग गरिनुपर्ने मागसहित सरकारसँग युद्ध गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्