विद्यार्थीले गरे कान थुनेर विरोध



काठमाडौं: ललितपुरस्थित पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीले  सरकार बिरुद्ध कान थुनेर बिरोध गरेका छन् । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार तथा हत्या भएको लामो समय बित्दा पनि दोषी पत्ता लाग्न नसकेको भन्दै उनिहरुले सरकार बिरुद्ध प्रदर्शन गरेका हुन् ।

 

बिद्यार्थीहरुले आँखामा पट्टी बाँधेर तथा हातले कान थुनेर सरकारको बिरोध गरेका थिए । क्याम्पसबाट सुरु भएको विद्यार्थीको विरोध जुलुस माइतीघर मण्डलासम्म पुगी  फेरि क्याम्पसमै फर्किएर कोणसभामा परिणत भएको थियो ।

 

सरकारले  निर्मला हत्याका अपराधी पत्ता लगाई कारबाही गर्न नसकेको भन्दै देशव्यापी विरोध भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्