जानकी मन्दिरमा गुञ्जिने धुनमा झुम्दै दर्शनार्थी



जनकपुरधाम: विवाह पञ्चमी नजिकिदै गर्दा प्रत्येक वर्ष झैं यसवर्ष पनि जानकी मन्दिरमा सहनाईको धुन सुनिन थालेको छ । जानकी मन्दिरमा वाद्य वादकको एक समूह अाजभाेली बिहान र वेलुकी सहनाई तथा मंगल धुन बजाइरहेकाे हुन्छ । 

 

मंगल धुन सुन्न र हेर्न स्थानीयकाे घुइचो लाग्न थालेको छ । जानकी मन्दिर प्राङ्गणमा कलाकारहरुले गुञ्जाउने विवाहमा गाउने गीत, मिथिलाको परम्परागत लोक धुनहरुमा दर्शनार्थीहरु हराउन थालेका छन्।

 

अाजभाेली जानकी मन्दिर प्राङगणमा प्रत्येक दिन साँझ रामसीताको झांकी बनाएर राखिएको हुन्छ । मिथिलाका महिलाहरुले समूह बनाएर गाउने विवाह पञ्चमीका विभिन्न विधिका गीतहरु पनि सामुहिक स्वरमा सुन्न सकिन्छ ।

 

मन्दिरको भित्री भागमा शिशमहल, बाहिर झांकी र परम्परागत लोक गीत नाद, प्राङगणको बाहिरतिर सहनाईको धुन एक स्वरमा गुञ्जीरहँदा फरक किसिमकाे अनुभूति हुन्छ ।

प्रतिक्रिया दिनुहोस्