दिल्लीको ‘रेड लाइट’ बाट उद्धार गरिएका नेपाली युवतीहरु बेपत्ता



नयाँ दिल्ली: भारतको नयाँ दिल्लीस्थित ‘रेड लाइट’ एरियाबाट उद्धार गरिएका ९ युवती बेपत्ता भएका छन् ।

 

दिल्लीको संस्कार आश्रममा राखिएका ८ नेपालीसहित  ९ युवती केही दिनअघि आश्रमबाटै बेपत्ता भएको जनाइएको छ । रातको समयमा उनीहरु बेपत्ता भएका हुन् ।

 

दिल्ली प्रहरीले युवतीहरु बेपत्ता भएको घटनाको छानबिन गरिरहेको जनाएको छ । आश्रमले भने युवतीहरु हराएको विषयमा जानकारी सार्वजनिक गरेको छैन ।

 

कडा सुरक्षाका बिचवाट उनीहरु कसरी बेपत्ता भए भन्नेबारे गम्भीर छानबिन अघि बढाएको प्रहरीले जनाइएको छ । दिल्ली महिला आयोगले समेत घटनाको छानविन गर्ने जनाएको छ । उक्त आश्रममा एक सय भन्दा बढी महिला राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्