भोलि बालाचतुर्दशी, आज दीपदान



काठमाडौं: बालाचतुर्दशीको अघिल्लो रात आज काठमाडौंको पशुपतिनाथ लगायत देशभरका शिवमन्दिरमा दिवंगत पितृका नाममा दीपदान गरिँदैछ ।

 

आज दीपदान गरी भोलि बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाइन्छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउने गरिन्छ ।

 

देशका विभिन्न स्थानबाट आएका श्रद्धालु भक्तजनको आज अपराह्नपछि भीड लाग्ने गर्दछ ।आफ्नो परिवारभित्रका दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिंग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा सतबीज छर्ने गरिन्छ ।

 

बालाचतुर्दशीको पूर्वसन्ध्या मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन राति भक्तजनले पशुपतिनाथको मन्दिरवरपर बसी दिवंगत आत्माका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताउँछन् ।

प्रतिक्रिया दिनुहोस्