लिबियाको पश्चिमी तटीय क्षेत्रका १५ आप्रपासी डुबे



त्रिपोली: लिबियाको राजधानी त्रिपोलीबाट २५० किलोमिटर पूर्वमा पर्ने शहर मसुरतामा भएको डुङ्गा दुर्घटनामा १५ जना आप्रवासीको मृत्यु भएको छ ।

 

गैरकानुनी रुपमा सो जलक्षेत्रमा आएका ती आप्रवासीको दुर्घटनामा मृत्यु भएको ‘द लिबयान रेड क्रिसेन्ट’ले जानकारी दिएको छ ।

 

एउटा रबर–निर्मित डुङ्गामा गैरकानुनी रुपमा सवार २५ जना आप्रवासीमध्ये १५ जनाको डुबेर मृत्यु भएको छ भने अन्य १० जनाको उद्धार गरिएको लेबनान रेड क्रिसेन्टका प्रवक्ताले बताएका छन् । हजारौं आप्रवासीहरु गैरकानुनी रुपमा भूमध्यसागर हुँदै लिबियाबाट युरोप पुग्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्