कैलालीः पूर्व सासंद् मञ्च नेपालको टोली सुदूरपश्चिम प्रदेश सरकारलाई सुझाव दिन बुधबार धनगढी आइपुगेको छ । देशमा देखापरेका राजनीतिक आरोहअवरोहमा आफ्नो धारणा सम्बन्धित निकायलाई प्रदान गर्न पूर्वसासंद् टोली धनगढी आएको हो ।
बुधबार धनगढीमा पत्रकार सम्मेलन गरी पूर्व सासंद मञ्च नेपालका अध्यक्ष ओमकरप्रसाद श्रेष्ठले अहिले सबै पार्टीको नारा र आमजनताको अपेक्षा समृद्वि नै रहेको बताए । उनले राष्ट्रको शान्ती सुरक्षा, सुशासन, विकास र समृद्विका लागि देशभर छरिएर रहेका पूर्व सांसदहरुले अहिलेका तीनवटै तहका सरकारलाई सुझाव दिनु जरुरी रहेको बताए ।
पूर्व सासंदहरुको राष्ट्रिय कमिटीले बिहीबार सुदूरपश्चिम प्रदेशका पूर्वसासंद, हालका प्रदेश सासंदहरुलाई भेला गराएर सुझाव दिने कार्यक्रम रहेको जनायो । यसपछि देशभरका पूर्वसासंदहरुले सम्बन्धित निकायलाई प्रत्येक प्रदेशमा गएर सल्लाह सुझाव दिने कार्यक्रम तय गरिएको छ ।
टोलीले सरकार शान्ती सुरक्षाप्रति गम्भिर हुनुपर्ने, देशमा समृद्विका नाराले मात्रै नआउने धारणा समेत प्रस्तुत ग¥यो ।