तालिबान बिरुद्ध कारबाहीमा १२ मारिए, १८ पक्राउ



अफगानिस्तान: अफगानिस्तानको पूर्वी प्रान्तमा सरकारी सुरक्षाबलले तालिबान लडाकूविरुद्ध गरेको कारबाहीमा १२जना मारिएका छन् भने १८ जना पक्राउ परेका छन् ।

 

प्रान्तीय सरकारका प्रवक्ता आरेफ नुरीले खोगीआनी जिल्लाका गाउँमा लुकेर बसेका तालिबानलाई लक्षित गरी भएको हवाई र स्थल कारबाहीमा ती लडाकू मारिएको बताए ।  

 

कारबाहीका क्रममा अन्य चार लडाकू घाइते भएको सुरक्षा स्रोतले जानकारी दिएको छ । पक्राउ परेका १८ तालिबान लडाकूलाई अनुसन्धानको लागि काबुल लगिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।  

प्रतिक्रिया दिनुहोस्