‘ए’ डिभिजन अपडेट: मनाङको लगातार छैटौं जित



काठमाडौं: सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा मनाङ–मर्स्याङ्दी क्लबको शतप्रतिशत विजयी यात्रा जारी राखेको छ ।

 

एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको खेलमा मनाङले जावलाखेल युथ क्लबलाई १–० ले हराएको हो । मनाङको जितमा खेलको ६२औं मिनेटमा अन्जन विष्टले गरेको एकमात्र गोल नै निर्णायक बन्यो । खेलको ‘म्यान अफ दी म्याच’समेत घोषित हुँदै अन्जनले १० हजार रुपैयाँ पाए ।

 

लगातार छैटौं जितसँगै मनाङले ६ खेलबाट १८ अंक जोडेको छ । मनाङ लिग तालिकाको शीर्ष स्थानमा यथावत् छ । समान खेलबाट १५ अंक जोडेको संकटा क्लब अंकतालिकामा दोस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्