पाइपलाइन र ग्यास बारे छलफल गर्न भारतीय पेट्रोलियम मन्त्री नेपालमा



काठमाडौँ: पेट्रोलियम पाइपलाइनबारे छलफल गर्न भारतको पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री धर्मेन्द्र प्रधानसहितको टोली शुक्रबार नेपाल आएको छ ।

 

आयल निगमका प्रवत्ता वीरेन्द गोइतका अनुसार मन्त्री प्रधानसहितको टोली शुक्रबार साढे ९ बजे नेपाल आइपुगेको हो । 

‘मन्त्रीसहितको टोलीले निर्माणधीन पेट्रोलियम पाइपलाइन, ग्यास सम्बन्धी छलफल र अवलोकन गर्ने छन्,’ गोइतले भने।

उनका अनुसार शुक्रबार ग्यास, पेट्रोलियम सम्बन्धी विभिन्न निकायसँग छलफल हुनेछ। अमलेखगन्ज देखि चितवनसम्म पेट्रोलियम पाइपलाइन निर्माणको मोडालिटीबारे र पेट्रोल तथा ग्यास आपूर्तिसँग सम्बन्धित एजेन्डा लगायतका बिषयमा छलफल हुनेछ ।

 

शुक्रबार निमार्णधीन रक्सौल–अमलेखगञ्ज र मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन आयोजना अवलोकन र समीक्षा गरिने छ।

 

यसअघि बुधबार हुने भनिएको नेपाल र भारतका उच्च अधिकृतबीचको बैठक अन्तिम क्षणमा स्थगित भएको थियो।

प्रतिक्रिया दिनुहोस्