नेपाल प्रवर्द्धन गर्न साउदीमा मेला



रियाद: साउदी अरबको रियादस्थित नेपाल, बङ्गलादेश र भारतका दूतावासले आ–आफ्नो देशको प्रवर्द्धन गर्न शुक्रबार संयुक्त रुपमा विशेष मेला आयोजना गर्ने भएका छन् ।

 

कूटनीतिक कर्मचारीका श्रीमतीद्वारा आयोजना हुने मेला रियादस्थित बङ्गलादेशको दूतावासमा हुनेछ । मेलामा नेपालको पर्यटन, संस्कृति, हस्तकला एवं खानाका परिकारको प्रदर्शनी गरिने रियादस्थित नेपाली दूतावासले जनाएको छ ।

 

दूतावासले कार्यक्रममा सहभागी हुन साउदीमा रहेका नेपालीलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्