‘समायोजन नमान्ने कर्मचारी बर्खास्त’



काठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले समायोजन सम्बन्धी कानुन नमान्ने कर्मचारीलाई सेवाबाट हटाउने चेतावनी दिएका छन् ।

 

काठमाडौंमा आज आयोजित कार्यक्रममा मन्त्री पण्डितले तीन/चार दिनभित्र कर्मचारी समायोजनसम्बन्धी कानुन आउने भन्दै अटेर गर्ने कर्मचारीलाई सेवाबाट बर्खास्त गर्ने चेतावनी दिए । नयाँ कानुनसँगै तीनै तहका कर्मचारी समायोजनको काम टुंगिने उनको भनाई थियो ।

 

मन्त्री पण्डितले नयाँ कर्मचारी भर्ना प्रक्रिया पनि चाँडै अघि बढाइने बताए । कार्यक्रममा अपांगता भएका व्यक्तिलाई सेतो छडी, वैशाखी र व्हीलचियर वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्