विमल बेल्जियमतर्फ



काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य विमल घर्तीमगर १० हप्ताका लागि आज  बेल्जियम प्रस्थान गरेका छन् । बेल्जियमको दोस्रो डिभिजनको क्लबमा ‘ट्रायल’ दिन विमल बेल्जियम प्रस्थान गरेका हुन्  ।

 

ट्रायलमा सफल भए विमललाई सोही क्लबले अनुबन्ध गर्ने सम्भावना छ । काठमाडौंमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विमल च्यासल युथ क्लबमा आबद्ध थिए । च्यासलबाट पाँचौं चरणका खेलसम्म खेलेका विमल क्लबसँगको करार रद्द गरी बेल्जियम लागेका हुन् ।

 

उता, नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ माल्दिभ्सको लिग सकाएर आजै स्वदेश फर्किएका छन् । किरणलाई ‘ए’ डिभिजन लिगमा अनुबन्ध गर्न केही क्लब इच्छुक देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्