काठमाडौं : कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या आरोपमा एक युवा काठमाडौंबाट पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) टोलीद्वारा पक्राउ परेका युवाको नाम गोप्य राखिएको छ । साउन ११ गते घरबाट बाहिरिएका उनी बुधबार पक्राउ परेका छन् ।
लागूऔषध र दुव्र्यसनमा संलग्न उनी घटनामा संलग्न रहेको प्रहरीले आशंका गरेको छ। उनको डिएनए परीक्षणका लागि नमुना संकलन गरिएको बताइएको छ ।