अध्यापनमा कुनै प्रकारको बहाना सह्य हुँदैन : नगरप्रमुख सरावगी  



वीरगन्ज : वीरगन्ज महानगरपालिकाका जनप्रतिनिधिहरुले सामुदायिक विद्यालयहरुले शिक्षाको गुणस्तरियतामा जोडदिनुपर्ने धारणा राखेका छन् ।

महानगरपालिकाले आयोजना गरेको गुणस्तरिय र व्यावसायिक शिक्षाको सवलीकरण विषयक छलफल कार्यक्रममा जनप्रतिनिधिहरुले यस्तो धारणा व्यक्त गरेका हुन् ।

 

विद्यालयहरुले दिइरहेकाे शिक्षाको गुणस्तरमा सुधार गर्दै विद्यालय पहुँच बाहिर रहेका बालबालिकाहरुलाई विद्यालयमा भित्र्याउन अभियान नै चलाउन आवश्यक वडा अध्यक्षहरुले सुझाव दिए  । 

 

कार्यक्रममा बोल्दै नगर प्रमुख विजय कुमार सरावगीले अध्यनअध्यापन बालबालिकाको भविष्यसँग सम्बन्धित भएकाले शिक्षाकाे गुणस्तरियतामा कुनै बहाना स्वीकार्य नहुने बताए  ।

 

दलगत वा राजनीतिक क्रियाकलाप विद्यालयमा नगर्न पनि नगरप्रमुख सरावगीले दिए । उनले भने, 'तीन पटकसम्ममा पनि विद्यालय व्यवस्थापन समिति गठन नभए महानगरपालिकाले सम्बन्धित वडाका जनप्रतिनिधि वा कार्यपालिकाले नै व्यवस्थापन समिति मनोनयन गरेर पठाउने कानुन नै पासगर्ने योजना छ ।'

 

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत डा. भीष्मकुमार भुषालले बालबालिकाहरुका लागि विद्यालयमा लागु हुनगइरहेको खाजा कार्यक्रमलार्इ राम्रोसँग व्यवस्थापन गर्दै विद्यालयलाई बालबालिका मैत्री बनाउन सुझाव दिए । उनले शिक्षकलाई समाजले गुरुबह्मा, गुरुविष्णुको दर्जा दिएको बताउँदै बालबालिकाहरुलाई उच्चस्तरीय शिक्षा प्रदान गर्ने दायित्व शिक्षकलार्इ भएकाे बताए । 

 

खाजा कार्यक्रमको व्यवस्थापनको बारेमा संघीय सरकार अन्तर्गत शिक्षा मन्त्रालयले निर्धारण गरेको कार्यविधिकाे बारेमा महानगरपालिकाका शिक्षा तथा स्वास्थ्य महाशाखाका प्रमुख उपसचिव अरविन्दलाल कर्णले जानकारी गराए । 

 

 विद्यालयमा रहेका विभिन्न समस्याहरुका बारेमा सहभागी विद्यालयका प्रधानाध्यापकहरुले नगरप्रमुख तथा महानगरपालिका प्रशाशकीय अधिकृत भुषाललाई जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्