राजदूत लक्की शेर्पामाथि मानव तस्करीको आरोप



काठमाडौं : सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथि छानबिन सुरु गरेको छ । उनीमाथि मानव तस्करी गरेको गम्भीर आरोप लागेको हो ।

मुलुकको प्रतिनिधित्व गर्दै सम्बन्ध सेतु बनेकी राजदूत आफैँ विवादमा परेकी छन् । यसबाट द्विपक्षीय सम्बन्ध असहज बन्ने आशंका पैदा भएको छ ।

शेर्पामाथि परराष्ट्र मन्त्रालयले छानविन थालेको छ । तर, राजदूत शेर्पामाथि छानविन प्रक्रियाबारे परराष्ट्र मन्त्रालयका अधिकारीले केही जानकारी गराएको छैन ।

शेर्पा तत्कालिन माओवादीको सिफारिसमा राजदूत बनेकी हुन् । आरोप पुष्टि भए आवश्यक कारबाही गर्ने परराष्ट मन्त्री प्रदीप ज्ञवालीले बताएका छन् ।

तर राजदूत शेर्पाले भने मुलुकलाई आँच पुग्ने कुनै काम नगरेको दावी गरेकी छन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ । 

प्रतिक्रिया दिनुहोस्