बजेटबिनै चल्दैछन् ५९ स्थानीय तह



काठमाडौं : ऐन भन्छ– स्थानीय तहले असार १० गतेसम्ममा बजेट पेश गरिसक्नुपर्छ तर यो व्यवस्था मिचेर पाँच दर्जन स्थानीय तह चलिरहेका छन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐनको व्यवस्थाविपरीत ५९ वटा स्थानीय तहले यो वर्षको बजेट पास गरेका छैनन् । 

बजेट नल्याई खर्च गर्ने चलनले बेथिति बढेको छ नै यसले राज्यको खर्च प्रणालीमै नकारात्मक असर पारेको छ । विकास खर्च भएको छैन । 

बजेट पास नभए पेश्की बजेटले तीन महिना प्रशासनिक खर्च चलाउन पाइन्छ । तर स्थानीय तहले साउनयता पाँच महिनाको खर्च चलाइरहेका छन् । 

बजेट नै पारित नगरी कसरी खर्च गर्न मिल्छ ? ती स्थानीय तह कसरी चलेका छन् संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय नै आश्चर्यमा परेको छ । 

बजेट पास नगरी खर्च गर्ने अधिकार जनप्रतिनिधिलाई छैन तर जनप्रतिनिधिको आर्थिक गतिविधि रोकिएको छैन । मनलाग्दी खर्च चलिरहेकै छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्