विराटनगरमा ‘छोरी बचाउ अभियान’



विराटनगर : म्याक्स इन्टरनेसनल हस्पिटल एन्ड ट्रमा सेन्टर प्रालिले ‘छोरी बचाउ अभियान’ थालेको छ । 

सो अभियानअन्तर्गत बुधबारदेखि यस अस्पतालमा छोरी जन्माउने नर्मल डेलिभरी तथा शल्यक्रियाबापत लाग्ने सम्पूर्ण खर्च निःशुल्क गरेको अस्पतालका अध्यक्ष सत्रुघन यादवले बताए । उक्त अस्पतालले ज्येष्ठ नागरिक सम्मान सेवा कार्यक्रम पनि सञ्चालन गरेको छ ।

 

सोबमोजिम ७० वर्ष र सोभन्दा माथिका ज्येष्ठ नागरिकलाई अस्पतालको सेवामा २५ प्रतिशत छुटको व्यवस्था गर्नाका साथै सहिद परिवार सम्मान सेवाअन्तर्गत विभिन्न चरणका आन्दोलनमा घाइते, अंगभंग भएका तथा सहिद परिवारलाई अस्पतालको सबै सेवामा २५ प्रतिशत छुटको घोषणा गरिएको बुधबार यहाँ आयोजित र सम्मेलनमा जनकारी दिइयो ।

 

आफ्ना सेवा विस्तार गर्दै लैजाने योजनामा रहेको महेन्द्र चोकस्थित सो अस्पताल निर्माणमा ११ करोड ५० लाख खर्च भएको थियो । 

प्रतिक्रिया दिनुहोस्