काठमाडौंको तापक्रम ६ डिग्री, जुम्लाको माइनस ४, देशैभर चिसो बढ्यो



काठमाडौं : बिहीबार बिहान काठमाडौं उपत्यकाको तापक्रम यो वर्षकै कम मापन गरिएको छ । आज बिहान काठमाडौं उपत्यकाको तापक्रम ५ दशमलव ६ डिग्री सेल्सियसमा झरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतीय भूमि हुँदै भित्रिएको पश्चिमी वायूको प्रभावले काठमाडौं उपत्यकासहित मुलुकका अधिकांश भागमा तापक्रम घटेको छ ।

युरोपेली वायु टर्की, सिरिया, अफगानिस्तान, पाकिस्तान र भारतको हिमाली भेगहुँदै नेपाल भित्रिँदा नेपालमा चिसो वढेको मौसमविद्ले बताएका छन् ।

जुम्लाको तापक्रम बुधबार माइनस ४ डिग्री मापन गरिएको छ । पश्चिमी वायुको प्रभावले बुधबार दिनभरी मौसम बदली भएको थियो ।

आज पहाडी भूभागको मौसम बदली भए पनि अरु ठाउँको मौसम भने सामान्यतया सफा रहने मौसमविद्को अनुमान छ । चिसो वढेकाले हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात हुने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्