धमाधम कानुन बनाउँदै प्रदेश ५



बुटवल : प्रदेश नं. ५ को प्रदेशसभामा छलफलका लागि चार विधेयक दर्ता भएका छन् । प्रदेशसभा सञ्चालन भएपछि ती विधेयकमाथि छलफल हुने कानुन तथा विधेयक शाखाका चन्द्रप्रसाद अधिकारीले बताए । 

 

प्रदेशसभामा जाँचबुझ आयोगको गठन तथा काम, कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सङ्घ, संस्थाहरुको दर्ता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, अन्तरप्रदेश बासिन्दाको समान सुरक्षा, व्यवहार र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश प्रसारण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आन्तरिक मामिला तथा कानुन मन्त्रालयले दर्ता गराएको हो । प्रदेश नं‍. ५ को हिउँदे अधिवेशन आगामी २६ गते सुरु हुँदैछ । 

प्रतिक्रिया दिनुहोस्