समुद्रमा ७‍‍.५ रेक्टरकाे भूकम्प, सुनामीको चेतावनी



बेलिङ्गटन (न्युजिल्याड) : न्यु क्यालेडोनियानजिकै दक्षिण प्रशान्त महासागरमा ७.५ म्याग्निच्युडको भूकम्प गएको छ । बुधबार गएको सो भूकम्पपछि नजिकै रहेको द्वीपहरुमा सुनामीको चेतावनी दिइएको सम्बन्धित आधिकारीहरुले बताएका छन् । 

 

प्रशान्त महासागरीय सुनामी चेतावनी केन्द्रअनुसार न्यु क्यालेडोनिया र भानुआटुका केही तटीय इलाकामा १ देखि ३ मिटरसम्मका अग्ला छालहरु आउने अनुमान गरिएको छ । फिजीमा समेत तीन मिटरसम्मको सामुद्रिक छाल आउन सक्ने अनुमान गरिएको छ । 

 

सुनामी चेतावनी केन्द्रले हवाईमा भने सुनामीको सूचना जारी गरेको छैन । यस शक्तिशाली भूकम्पपछि पाँच पटकसम्म ५.६ र ६.० को परकम्पन आएका थिए । 

 

अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) का अनुसार यस भूकम्पको केन्द्रविन्दु न्यु क्यालेडोनियाबाट १ सय ६८ किलोमिटर पूर्वी १० किलोमिटर गहिराइका रहेको छ । न्यु क्यालेडोनिया बारम्बार भूकम्पको प्रकोपले सताउने देशहरुको सूचीमा पर्छ ।

प्रतिक्रिया दिनुहोस्