उज्यालो वडा घोषणा



भोजपुर: भोजपुर नगरपालिका–१ भाम्राङलाई उज्यालो वडा घोषणा गरिएको छ । वडाभित्रका ३३२ घरधुरीमा बत्ती पुगेपछि एक कार्यक्रमका बीच वडालाई उज्यालो वडा घोषणा गरिएको हो ।

 

वडाका प्रत्येक घरमा विद्युत् गएसँगै स्थानीयवासीले कुटानी पिसानीका लागि सजिलो भएको बताएका छन् भने वडामा काम गर्नका लागि पनि सजिलो भएको छ । विद्यालयमा विद्यार्थीलाई कम्प्युटरको माध्यमबाट ज्ञान दिनका लागि सजिलो भएको शिक्षक बताउँछन् ।

 

उज्यालो वडाको प्रतिनिधिसभा सदस्य सुदन किराँतीले घोषणा गरेका हुन् । वडालाई उज्यालो घोषणा गर्दै किराँतीले विकासको आधार विद्युत् पनि रहेकाले वडालाई समृद्ध बन्न टेवा पुगेको बताए ।

 

वडाध्यक्ष विष्णुकुमार भुजेलले आफूले निर्वाचनताका गरेको प्रतिबद्धतामा अडिग रहेर आफ्नो काममा लागेको बताए । उनले विद्युत् विस्तार गरिसकेकाले अब सडक विस्तारमा लाग्ने बताए ।  

प्रतिक्रिया दिनुहोस्