धनगढीका बिनोदमाथि अमेरिकामा गोली प्रहार



टेक्सस: अमेरिकाको टेक्सस राज्यमा अज्ञात व्यक्तिको गोली प्रहारबाट धनगढीका बिनोद जेठोरा गम्भीर घाइते भएका छन् । गोली लागि गम्भीर घाइते जेठोराको टेक्ससस्थित सेन्ट जोसेफ अस्पतालमा उपचार भइरहेको छ ।

 

पेट्रोल पम्पका कर्मचारी जेठोराको टेक्ससको ब्रायनस्थित पेट्रोल पम्पमै गोली प्रहार भएको हो ।  टेक्सस प्रहरीले जेठारामाथि गोली प्रहार गर्ने व्यक्तिका खोजी भइरहेको बताएको छ ।

 

कालो कोट र रातो टोपी लगाएका अश्वेतले गोली प्रहार गरेको क्लोज सर्किट क्यामेरा फुटेजमा देखिएको छ । बिहान हतियारसहित आएको व्यक्तिले काउन्टरमा गएर नजिकैबाटै जेठारामाथि गोली प्रहार गरेको थियो । जेठोराका श्रीमती र तीन वर्षिया छोरी नेपालमै छन् ।

प्रतिक्रिया दिनुहोस्