ए डिभिजन लिग आर्मी र फ्रेन्ड्सबीचको खेल बराबरी



काठमाडौं : सहिद स्मारक ए डिभिजन लिगमा आर्मीले फ्रेन्ड्स विरुद्ध बराबरी खेलेको छ । सातदोबाटो स्थित एन्फा मैदानमा भएको खेलमा आर्मीले पाएका मौका सदुपयोग गर्न सकेन । 

 

खेलको १५ र २० औं मिनेटमा आर्मीको प्रहारलाई फ्रेन्ड्सका गोलकिपर देव लिम्बुले बचाए । खेलको ४० औं मिनेटमा आर्मीले गरेको प्रहार पोलमा लागेर फर्किएको थियो । 

 

पहिलो हाफ गोलरहति बराबरी भएको खेलको ६२ औं मिनेटमा आर्मीले अर्को मौका सिर्जना गरेको थियो तर सफल भएन । बारम्बार फ्रेन्ड्सको पोष्टमा चार्ज गर्ने आर्मीको हरप्रयास असफल हुँदा खेल बराबरीमा सकिएको हो । 

 

बराबरीपछि आर्मीले लिगको दोस्रो स्थानमा उक्लने मौका गुमायो । जारी लिगमा आर्मीको यो दोस्रो बराबरी हो । उसले ६ खेलमा चार जित र दुई बराबरी खेल्दै १४ अंकका साथ लिगको चौथो स्थानमा नै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्