शीतलनिवासमा धर्ना बस्ने १२ जना पक्राउ



काठमाडौं: निर्मलाका लागि न्याय माग्दै राष्ट्रपति भवन शीतल निवास अगाडि प्रदर्शनमा उत्रिएका १२ जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । आज दिउँसो ‘निर्मलाका निम्ति न्याय’ अभियानले राष्ट्रपति कार्यालयको गेट अगाडि प्रदर्शन गरेको थियो ।

 

राष्ट्रपति भवन अगाडि आँखामा पट्टी बाँधेर प्रदर्शनमा उत्रिएका तीन किशोरीसहित १२ जनालाई प्रहरीले पक्राउ गरी महानगरीय प्रहरी बृत्त महाराजगञ्जमा राखिएको प्रहरीले जनाएको छ ।

 

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको चार महिना बितिसक्दा पनि हत्यार पत्ता लाग्न नसकेपछि सरकारलाई दबाब दिन देशभर प्रर्दशन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्